शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

    आज ०२ बैशाख २०८२ मंगलवारको राशिफल

    मेष 
    आफन्तहरूसँग रमाइलो समय बित्नेछ। प्रेम र वैवाहिक सम्बन्धमा सुधार आउनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक कार्यक्रमहरूमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन
    नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। समाजमा गरेको कामले सम्मान दिलाउनेछ। संगित वा गायनको क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह
    कार्यक्षेत्रमा सक्रियता बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई बेवस्था नगर्नुहोला। नयाँ व्यापारको रूपरेखा बन्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    तुला
    कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। आयस्रोत बढ्नेछ। विवादास्पद कार्य सम्पादन गर्नमा सफल भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आकस्मिक धनलाभ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    धनु
    समय अनुकूल हुनाले कार्य गर्नमा सहज हुनेछ। अध्ययन अध्यापनमा ध्यान केन्द्रित गर्नुहोस्। नयाँ उपलब्धिहरू प्राप्त गर्न सकिएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ
    सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई राख्नमा सफल रहनुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृष
     नोकरी वा पेशामा समय अनुकूल नहोला। अज्ञात व्यक्तिसँग व्यवहार गर्दा सावधानी राख्नुहोस्। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अपजस खेप्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट
    आर्थिक परेशानीको सामना गर्नुपर्ला। नोकरी वा पेशामा दृढताको साथमा सावधानीपूर्वक निर्णय लिनुहोस्। नयाँ लगानी गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या
    लगनशीलताले महत्वकांक्षी योजनाहरूमा सफलता मिल्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आफन्तहरूको सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक
    रोकिएको धन प्राप्त हुनेछ। कार्यस्थलमा उत्पन्न समस्यालाई शान्तिले सुल्झाउने प्रयास गर्नुहोला। नमाँगी कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ

    मकर
    प्रतियोगी परीक्षामा सफलता पाइनेछ। कार्यक्षेत्रमा हजुरको कार्यमा कर्मठताले शत्रुहरू पछाडि हट्नेछन्। विद्यार्थीहरूलाई परीक्षाको राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    मीन
    कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छाउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेलमा वृद्धि हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ। 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार