शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी

अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी

    अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वतः कामुको जिम्मेवारी दिएको हो ।

    आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ । मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिएपछि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो । 

    नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन् । उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार