शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमान लक्षित ओलीको टिप्पणीः नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोडसेडिङ अन्त्य भएको हो?

कुलमान लक्षित ओलीको टिप्पणीः नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोडसेडिङ अन्त्य भएको हो?

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कुलमान लक्षित ओलीको टिप्पणीः नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोडसेडिङ अन्त्य भएको हो?

    प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमानदारिताका साथ काम गरिरहेको बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्ष्य गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताएका छन् । उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहहरूले विरोध सुरू गरिसकेको बताए । आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए।

    प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुन सक्छन् । देश साझा हो । तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । स–साना कुराहरू । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायौं, के पायौं, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरू भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनु पर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमानदारिताका साथ ।’

    प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरूवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गरे । उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे । वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिए ।

    प्रधानमन्त्री ओलीले भने, ‘एक जना मित्रको मैले स्टाटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहींबाट हुर्किएर आएर त्यहीं कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहींको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निष्काशन गर्नुभयो । अर्को ठाउँमा निकम्मा बनाएर सरूवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उहाँले उज्यालो ल्याउनु भयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो । त्यसबेला ल्याउनु भएको थियो कि उहाँले नियुक्त गर्ने बित्तिकै आगो बोकेर आउनु भयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनु भयो कि ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रूपमा व्याख्या गर्ने ? कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’

    प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्ष्य गर्दै उनले एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे । लोकतन्त्र दुनियाँको सबभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार