सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

काजरिया टाइल्सको ब्रान्ड एम्बेसडर बनिन् अभिनेत्री दिव्या रायमाझी

काजरिया टाइल्सको ब्रान्ड एम्बेसडर बनिन् अभिनेत्री दिव्या रायमाझी

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • काजरिया टाइल्सको ब्रान्ड एम्बेसडर बनिन् अभिनेत्री दिव्या रायमाझी

    नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। कम्पनीले शुक्रबार काठमाडौंमा आयोजना गरेको आफ्नो वार्षिक कार्यक्रम आर्क एन्ड औरा मा सो घोषणा गरेको हो।

    कम्पनीका निर्देशक संजय अग्रवालले बोर्ड सदस्य, उद्योग साझेदार र ग्राहकहरूको उपस्थितिमा दिव्यालाई एम्बेसडर नियुक्त गरेको जानकारी गराएका हुन् । ब्रान्डका मूल मूल्यहरू युवा ऊर्जा, प्रेरणा र आधुनिकतासँग रायमाझी मेल खाने व्यक्तित्व भएको पनि उनले सो क्रममा उल्लेख गरे।

    “दिव्याको जोशिलो उपस्थितिले हाम्रो सोच, शैली र गुणस्तरसँग सान्दर्भिकता राख्छ,” उनले कार्यक्रममा भने। “उनी मनोरञ्जन क्षेत्रमा अघि बढिरहेकी छिन् र उनको यात्रा हाम्रो ब्रान्डको नेतृत्व र उत्कृष्टताको प्रतिनिधित्व गर्छ।”

    कार्यक्रममा दिव्या रायमाझीले कम्पनीका आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचान प्रस्तुत गर्ने बताइएको छ।

    सो अवसरमा काजरियाले आफ्ना नयाँ टाइल संग्रह तथा नवीन डिजाइनहरू पनि सार्वजनिक गरेको थियो । कम्पनीले गुणस्तरीय सामग्री र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत नेपाली टाइल उद्योगमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

    नेपालकै ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर काजरिया रमेश टाइल्स लिमिटेडले उद्योगमा नयाँ कीर्तिमान बनाएको कम्पनीको दाबी छ। कम्पनीले हाल ४,००० भन्दा बढी विशेष डिजाइनमा टाइल्स उत्पादन गर्दै आएको छ।

    नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कमार्फत कम्पनीले बजार विस्तार गरिरहेको छ। उपलब्ध टाइल्सहरू जल र दाग प्रतिरोधी हुनुका साथै दीर्घकालीन टिकाउपनका लागि पनि उपयुक्त हुने बताइएको छ।

    गुणस्तर, नवीनता र शैलीमा केन्द्रित काजरिया रमेश टाइल्सले नेपाली उपभोक्ताका लागि लक्जरी जीवनशैलीको नयाँ अनुभव दिने लक्ष्य लिएको जनाएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार