शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धनुषामा प्रहरीले चलायो गोली

धनुषामा प्रहरीले चलायो गोली

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • धनुषामा प्रहरीले चलायो गोली

    धनुषामा लागुऔषधि कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली धनुषा मिथिला नगरपालिका–६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई गोली लागेको छ ।

    मिथिला नगरपालिका २ नक्टाझीजमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको टोलीले एक राउण्ड हवाइ फायर गरेको र एक राउण्ड साहको दाहिने घुँडामुनि प्रहार गरेको हो ।

    उनको साथबाट खैरो हेरोइन १०० ग्राम बरामद गरिएको ब्युरोले जनाएको छ । यस्तै बारा परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमालकी २७ वर्षकी सेलो देवी रामलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    उनको साथबाट लागुऔषध खैरो हेरोइन १०८ ग्राम बरामद भएको छ । पप्पु यसअघि पनि लागुऔषध मुद्दामा २ वर्ष कैद भुक्तान गरेर रिहा भएका व्यक्ति हुन् । २०७९ जेठ १३ गते प्रहरी वृत थानकोटबाट मुद्दा चलाइएका उनी २ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार