शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन: सांसद शाह

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन: सांसद शाह

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन: सांसद शाह

    प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् । बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केहि दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन् ।

    उनले नेपालमा  नेताको लुट र भ्रस्टचार मात्र सुरक्षित भएको बताए । उनले सरकारको कस्टडिमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यस्मा कैदी बन्दि दोषि  हो कि सरकारको बेथिती दोषि हो भनेर  सरकार सँग प्रश्न गरे । सरकारको कस्टडिमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।

    Prabhu shaha  1.jpg

    ‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्ेछ सुरक्षित भएनन् । सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो । नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ  त्यो हो नेताको लुट र भ्रस्टचार । हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो । माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हँुदैपनि मृत्युवरण गर्नु पर्यो । केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने । ‘म सोध्न चहान्छु भरत चौधरीको  हत्याको जिम्मा कस्ले लिई दिन्छ ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट