शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमानको चार वर्षे कार्यकाल आज सकियो, अदालतबाट आएन कुनै निर्णय

कुलमानको चार वर्षे कार्यकाल आज सकियो, अदालतबाट आएन कुनै निर्णय

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • कुलमानको चार वर्षे कार्यकाल आज सकियो, अदालतबाट आएन कुनै निर्णय

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङको दोस्रो कार्यकाल आज (आइतबार) बाट सकिएको छ । २०७८ साउन २५ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कांग्रेसकै ऊर्जामन्त्री दीपक खड्काको जोडबलमा घिसिङलाई चार महिना कार्यकाल छँदै गत चैत ११ गते हटाएको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

    सरकारको उक्त निर्णयविरुद्ध कुलमान सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्चले पनि उनका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरिदियो । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत चैत २१ गते अन्तरिम आदेश दिन अस्वीकार गरेपछि हितेन्द्रदेवले निरन्तर काम गर्दै आएका छन् ।

    रिटको अन्तिम टुंगो भने अझै लागेको छैन । कुलमानको चार वर्षे पदावधि सकिएसँगै अब उनको रिट निवेदन पनि निरर्थक बन्न पुगेको छ । यद्यपि, सर्वोच्चको इजलासले नै रिटलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनेको थियो । तर, अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको उक्त रिटको पेसी तारिख भने आउँदो मंसिर ९ गते तोकिएको छ ।

    कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । घिसिङको पालामा लोडसेडिङ अन्त्य, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको आम्दानी वृद्धि गरी नाफामा लैजानेलगायतका महत्वपूर्ण उपलब्धि भएका थिए ।

    पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट उद्योगीहरूले लोडसेडिङकालमा उपभोग गरेको विद्युतको महसुल उठाउने विषयमा सरकारसँग उनको विवाद भएको थियो । उनले महसुल उठाउन खोज्दा सरकारले विभिन्न नाममा अवरोध सिर्जना गरेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार