शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कैलाली कारागार झडप : छानबिन समिति गठन, प्रतिवेदनको समय १० दिन

कैलाली कारागार झडप : छानबिन समिति गठन, प्रतिवेदनको समय १० दिन

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • कैलाली कारागार झडप : छानबिन समिति गठन, प्रतिवेदनको समय १० दिन

    जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ ।

    एक जनाको ज्यान जाने गरी भएको झडपको विषयमा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

    शुक्रबार राति भएको झडपमा परी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले झडमा परी घाइते भएकाहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएका छन् । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए । कारागारको ए र बी ब्लकमा झडप भएको हो । अस्पताल र कारागारमा प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार