शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चिनियाँ १२ वर्षीया पौडीबाजको किर्तिमान

चिनियाँ १२ वर्षीया पौडीबाजको किर्तिमान

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • चिनियाँ १२ वर्षीया पौडीबाजको किर्तिमान

    चिनियाँ विद्यार्थी यु जिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छी पौडीबाज बनेकी छिन् । चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जितेको छ ।

    १२ वर्षीया यु जिदीले यस हप्ता महिला ४x२०० मिटर फ्रिस्टाइल रिलेको प्रारम्भिक चरण (हिट्स) मा भाग लिएकी थिइन् । फाइनलमा उनले भाग नलिए पनि प्रारम्भिक चरणमा पौडी खेलेका कारण उनलाई पदकको लागि योग्य मानिएको थियो ।

    सिंगापुरमा आयोजित फाइनल खेलमा चिनियाँ टोली तेस्रो स्थानमा रह्यो । अष्ट्रेलिया पहिलो स्थानमा थियो र अमेरिकी टोली दोस्रो स्थानमा थियो ।

    यससँगै यु जिदी पछिल्लो ९० वर्षमा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । यसअघि, १९३६ को ओलम्पिकमा, डेनमार्ककी इन्गे सोरेन्सनले आफ्नो १२औं जन्मदिनको एक महिनाभन्दा कम समयमा २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक जितेकी थिइन् । अक्टोबरमा १३ वर्ष पुगेकी छात्रा यु जिदी बिहीबार महिला २०० मिटर बटरफ्लाइ फाइनलमा पदक जित्ने धेरै नजिक थिइन्, तर थोरै अन्तरले चौथो स्थानमा रहेकी थिइन् । यु जिदी सोमबार व्यक्तिगत मेडली फाइनलमा पनि ०.०६ सेकेन्डले पदक जित्न चुकिन् र चौथो स्थानमा रहेकी थिइन् ।

    मे महिनाको सुरुमा, उनले २०० मिटर व्यक्तिगत मेडलीमा १२ वर्षका लागि विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले यो दूरी केवल २ मिनेट १०.६३ सेकेन्डमा पूरा गरेकी थिइन् । यो प्रदर्शन पछि, विश्व एक्वाटिक्स संस्थाले उनलाई सामाजिक सञ्जालमा उनको प्रसंशा गरेको थियो थियो ।

    यस च्याम्पियनसिपमा, खेलाडीहरू सामान्यतया कम्तिमा १४ वर्षको हुनुपर्छ, तर युलाई अनुमति दिइएको थियो किनभने उनको समय संघको 'ए' मापदण्ड भित्र थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार