शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बेपत्ता १६ हायू परिवारको मोवाइलको अन्तिम ‘लोकेसन’ रामेछापको सिमन्दीछाप

बेपत्ता १६ हायू परिवारको मोवाइलको अन्तिम ‘लोकेसन’ रामेछापको सिमन्दीछाप

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • बेपत्ता १६ हायू परिवारको मोवाइलको अन्तिम ‘लोकेसन’ रामेछापको सिमन्दीछाप

    सिन्धुली गोलन्जोरबाट सम्पर्कविहीन एकै परिवारका १६ सदस्यको अन्तिम मोवाइल ‘लोकेसन’ रामेछापको सिमन्दीछाप देखिएको छ । यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना एकाएक गाउँबाट सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    ‘सम्पर्कविहीन परिवारको खोजी कार्य जारी छ । ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ’, एक प्रहरी अधिकृतले भने । बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।

    तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले बताए ।

    बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।

    यस्तै छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलिसकेको छैन । उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको सिन्धुलीका प्रहरी प्रमुख एवं एसपी लालध्वज सुवेदीले बताए ।

    केही दिनअघि मात्र उर्मिलाले सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन् । उनीहरू घर छाडेर अन्यत्र गएको सिन्धुली प्रहरीले आशंका गरेको थियो । उक्त परिवार १८ जनाको हो । परिवारका दुई सदस्य भने यसअघिदेखि काठमाडौंमा रहेका प्रहरीले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट