शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलतः विजय लामा

गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलतः विजय लामा

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलतः विजय लामा

    क्याप्टेन विजय लामाले प्रजातन्त्र र गणतन्त्र आएपछि जे पनि बोल्न र गर्न सक्छौ भन्ने सोचले गर्दा जे पनि बोल्ने र अपमान गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई रोक्नको लागि युवाहरुको खाँचो रहेको बताए ।

    विहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने सोच गलत बताएका हुन् ।

    उनले भने, ‘सबै मान्छेले भन्छ हाम्रो देश बनेन भनेर किन बनेको छैन् । हाम्रो देश नबनेको भए आज यति धेरै युवाहरु भेला हुदैँ हुदैँन् थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि हामीले जे पनि बोल्न सक्छौ भन्ने सोचका साथ अगाडि बढेका छौ तर त्यो सोचमा पनि विकृति आएको छ । बोल्न पायो भन्दैमा जे पनि बोल्ने, अपमान गर्ने प्रवृत्तिको विकास भएको छ । यसलाई रोक्नको लागि पनि युवाहरुको खाँचो छ । बोल्दा के बोल्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’

    आजको शक्ति भनेको युवा वर्ग नै भएको पनि उनको भनाई छ । ग्लोबल युथ पार्लामेण्टका संयोजक दिवाकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरुलाई प्रशिक्षण दिइएको थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार