राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।
उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर समग्र भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
उनले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउदै सम्बोधन सकेर बैठक बहिष्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्