शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वनिर्वाचन आयुक्त ईला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त ईला शर्माको निधन

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • पूर्वनिर्वाचन आयुक्त ईला शर्माको निधन

    निर्वाचन आयोगकी पूर्वआयुक्त ईला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    शव आज अस्पतालमै राखिने छ । परिवारका एक सदस्यका अनुसार भोलि आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।

    इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

    शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । ईला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । उनका दुई छोरी छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार