रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ ।
जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किचेर आज बिहान करिब १० बजे धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडा घर भएका ४२ वर्षीय गाठेय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको साथमा भेटिएको चालक अनुमतिपत्रको आधारमा पहिचान खुलेको बताइएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल पुर्याएपछि रेल सेवा सुरु भएको थियो ।
परबाहा रेल्वे स्टेशन नजिक भएको उक्त दुर्घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्