शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

    नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ । आफ्नो अन्तिम खेलमा उज्वेकिस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

    छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो । टाइब्रेकरमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन् ।

    नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्री भण्डारी साम्बाले एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै चाहेको नतिजा निकाल्न नसकेको बताएकी छन् ।

    यो नतिजाले आफूहरुलाई लामो समय पिरोल्ने उनले बताएकी छन् । आज स्वदेश फर्किएपश्चात त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को नभएको उल्लेख गरिन् । आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार