शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पहिरोले घर पुर्‍यो,  भित्र फसेका तीन जनाको सकुशल उद्धार

पहिरोले घर पुर्‍यो,  भित्र फसेका तीन जनाको सकुशल उद्धार

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • पहिरोले घर पुर्‍यो,  भित्र फसेका तीन जनाको सकुशल उद्धार

    कुलोको पानी थुनिएर पहिरो जाँदा भत्किएको घरभित्र थुनिएका तीन जनाको स्थानीय गाउँलेले सकुशल उद्धार गरेका छन् । सिदिङ्वा गाउँपालिका–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल घरभित्र थुनिएका थिए ।

    बुधबार बिहान (राति) १ बजे घरमाथिको कान्लो भत्किएर घर पुरिएको स्थानीयले जानकारी दिएका छन् । घर भत्किएको आवाजले मटानमा सुतेका छोराबुहारी ब्युँझिएका थिए । उनीहरूले गाउँमा होहल्ला गरेपछि गाउँलेहरू भेला भई तीनै जनालाई राति नै बाहिर निकालेका हुन् ।

    भत्किएको घरको दलिन र ढुङ्गाले लागेर ठगमाया घाइते भएकी छन् । उनको थप उपचारका लागि गाउँबाट बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ । हस्तबहादुर र छोरी सम्झनालाई भने सामान्य चोटपटक लागेको छ । बुधबार बिहान सिदिङ्वा गाउँपालिका केन्द्र साव्लाखु भञ्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको उपचार गरिरहेका छन्।

    छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले पुरिएको घरमा श्रीमान–श्रीमती बस्ने र खाना पकाउने गर्थे भने मतानमा छोराबुहारी बस्ने गर्थे । बस्नका लागि समस्या नभए पनि खाने सरसामान भने केही पनि बाँकी नरहेको मौसमले बताए । खाद्यान्नदेखि भाँडा–वर्तन लगायतका सामग्री केही पनि नरहेको उनले बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार