शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट सिरिज

श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट सिरिज

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट सिरिज

    बंगलादेशविरुद्ध खेलिएको दुई टेस्टको सिरिज श्रीलंकाले १-० ले जितेको छ । कोलम्बोमा खेलिएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले पराजित गर्दै सिरिज जितेको हो ।

    बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएको थियो । त्यसै क्रममा श्रीलंकाले आफ्नो पहिलो इनिङमा ४५८ रन बनाएको थियो र पहिलो इनिङमा २११ रनको अग्रता लिएको थियो । त्यसपछि बंगलादेशको दोस्रो इनिङ १३३ रनमा अल आउट भएको थियो ।

    श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृङ्खला २०२५-२७ को आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको हिस्सा हो ।

    यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा पहिलो स्थानमा छ भने इङ्ल्यान्ड दोस्रो स्थानमा छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार