शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बंगलादेशका टेस्ट कप्तान शान्तोको राजीनामा

बंगलादेशका टेस्ट कप्तान शान्तोको राजीनामा

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • बंगलादेशका टेस्ट कप्तान शान्तोको राजीनामा

    बंगलादेशका टेस्ट कप्तान नजमुल हुसेन शान्तोले राजीनामा दिएका छन् । श्रीलंकाविरुद्धको टेस्ट सिरिज १-० ले गुमाएपछि कप्तान शन्तोले राजीनामा दिएका हुन् ।

    शान्तोले पत्रकार सम्मेलनमा भने- 'म अब टेस्ट फर्म्याटमा [कप्तानको रूपमा] निरन्तरता दिन चाहन्न । यो व्यक्तिगत कुरा होइन । मैले टोलीको भलाइको लागि निर्णय लिएको छु । मलाई लाग्छ यसले टोलीलाई मद्दत गर्नेछ । म विगत केही वर्षदेखि ड्रेसिङ रुमको हिस्सा छु । मलाई लाग्छ [तीन अन्तर्राष्ट्रिय फर्म्याटका लागि] तीन कप्तानहरू बनाउनु हुदैन । मलाई थाहा छैन बोर्डले यसबारे के सोच्नेछ र म उनीहरूको निर्णयलाई समर्थन गर्नेछु । तर यो मेरो व्यक्तिगत निर्णय हो । मलाई लाग्छ तीन अलग-अलग कप्तानहरू टोलीको लागि सामना गर्न गाह्रो हुनेछ ।'

    शान्तोले आफुले आफ्नो निर्णय बारे बंगलादेश क्रिकेट बोर्डको क्रिकेट अपरेशन विभागलाई जानकारी गराएको बताएका थिए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार