शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चितवन दुर्घटना: डेलिभरी गराउन अस्पताल हिंडेकी रेनुका श्रीमान, सासुसहित गाडी दुर्घटनामा अस्ताइन्

चितवन दुर्घटना: डेलिभरी गराउन अस्पताल हिंडेकी रेनुका श्रीमान, सासुसहित गाडी दुर्घटनामा अस्ताइन्

आषाढ ७, २०८२ शनिवार
आषाढ ७, २०८२ शनिवार
  • चितवन दुर्घटना: डेलिभरी गराउन अस्पताल हिंडेकी रेनुका श्रीमान, सासुसहित गाडी दुर्घटनामा अस्ताइन्

    चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा ज्यान गुमाएका सातमध्ये ६ जनाको सनाखत भएको छ।

    हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३–००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खाँदा ७ इभी भ्यानमा सवार सात जनाको ज्यान गएको हो। सनाखत हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, इभी भ्यान चालक हेटौंडा –१० का राजु थिङ रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।

    दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ४ जना मकवानपुरका छन्। जसमध्ये पनि तीन जना एउटै परिवारको रहेको पाइएको छ। मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल तीनै जनाको मृत्यु भएको डीएसपी खनालले बताए।

    हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएको थियो। सोही कारण आज सासु मैयाकुमारी र श्रीमान सरोज पहाडीसहित ईभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्। उनी दोस्रो सन्तान जन्माउने अवस्थाकी थिइन्। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासु र श्रीमानका साथ चितवन हिँडेकी थिइन्।

    रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेकी हुन्। उनीहरू चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो ठक्कर खाँदा गर्भको शिशुसहित तीनै जना सधैंका लागि अस्ताए। उनीहरू तीनै जनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्त नवराज पहाडीले जानकारी दिए। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार