शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, आसपास सतर्क रहन आग्रह

भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, आसपास सतर्क रहन आग्रह

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, आसपास सतर्क रहन आग्रह

    बाढीको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बुधबार सहायक सीडीओ गणेश नेपालीले सूचना जारी गर्दै सो आग्रह गरेका हुन्।

    चीनको प्रहरी कार्यालयबाट असार ३ देखि ७ गतेसम्म तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक सीडीओ गणेश नेपालीले सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

    ‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी-सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नु हुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ’, सूचनामा भनिएको छ।

    v.png

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार