शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल थाइल्याण्डसँग पराजित

नेपाल थाइल्याण्डसँग पराजित

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • नेपाल थाइल्याण्डसँग पराजित

    नेपाली महिला राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

    सोमबार आफ्नो घरेलु मैदानमा थाइल्याण्डले नेपाललाई २–० गोलले पराजित गर्‍यो। नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो। ५९ मिनेटमा चचावनले फ्रिकिकमार्फत् उत्कृष्ट गोल गरिन्।

    उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान अन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गरे पनि सफल भइनन्। ७४ मिनेटमा पेन्योसुकले अग्रता दोब्बर पारिन्। उनले डिबक्सभित्र प्राप्त क्रसमा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। यसअघि अनौपचारिक अभ्यास खेलमा पनि थाइल्याण्डले नेपालमाथि जित निकालेको थियो।

    पहिलो खेल मे ३० मा बन्द रंगशालामा भएको थियो। आजको खेल भने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हो। दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट प्रतियोगिताको तयारीका लागि खेलेको हो। छनोट जुन २९ देखि सुरु हुँदैछ। छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । समूहमा नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता हुन सके नेपाल सन् २०२६ मा हुने एसियन कपमा छनोट हुनेछ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार