शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल क्यान्सर सर्भाइभर्स सोसाईटीले मनायो ३८ औं राष्ट्रिय सर्भाइभर्स दिवस

नेपाल क्यान्सर सर्भाइभर्स सोसाईटीले मनायो ३८ औं राष्ट्रिय सर्भाइभर्स दिवस

जेठ १८, २०८२ आइतवार
जेठ १८, २०८२ आइतवार
  • नेपाल क्यान्सर सर्भाइभर्स सोसाईटीले मनायो ३८ औं राष्ट्रिय सर्भाइभर्स दिवस


     नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सरबाट बच्न सफल व्यक्तिहरूको सम्मानमा आइतबार सर्भाइभर्स दिवस विशेष कार्यक्रम मनाएको छ ।

    Photo (13) (3).jpg

    आज सोसाइटीले एक कार्यक्रमको आयोजना गरी भव्य रूपमा कार्यक्रम मनाएको हो । सन् १९८७ को नोभेम्बरमा न्यु मेक्सिकोमा आयोजित क्यान्सर सर्भाइभर्सहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको निर्णयअनुसार १९८८ को जुन ५ मा पहिलो राष्ट्रिय क्यान्सर सर्भाइभर्स दिवस मनाइएको थियो । त्यसयता प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा कायम रहँदै आएको छ । यस वर्ष यो दिवसको ३८औं संस्करण हो ।

    Photo (1) (9).jpg

    कार्यक्रमका क्रममा वरिष्ठ गायिका एवं क्यान्सर सर्भाइभर मिरा राणाको हातबाट साहसी सर्भाइभर तथा साइकल यात्री नमिता बस्नेतलाई सम्मान गरिएको छ । त्यस्तै, क्यान्सर सर्भाइभर्सहरूका लुकेका प्रतिभा उजागर गर्ने प्रस्तुति, जनचेतनामूलक कार्यक्रमहरू, प्रेरणादायी कथाहरूको प्रस्तुति लगायत विविध कार्यक्रमहरू समावेश समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।

    Photo (12) (4).jpg

    नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विद्यालय, कलेज, समुदायस्तरका कार्यक्रम, स्क्रिनिङ क्याम्प, र्‍याली, परामर्श सेवा लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । क्यान्सर सर्भाइभरहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयमूलक तालिम, स्वास्थ्य संस्थाहरूसँगको सहकार्य तथा उपचार निःशुल्क तथा सर्वसुलभ बनाउने पहलमा पनि सोसाइटी सक्रिय रहेको जनाएको छ ।

    Photo (10) (6).jpg

    हाल विश्वभर करिब ५ करोड ३५ लाख मानिस क्यान्सरलाई जितेर जीवित रहेका छन् । उनीहरूको जीवनमा अझै पनि विभिन्न चुनौतीहरू रहेको हुँदा समाजमा उनीहरूप्रति सकारात्मक सोच विकास गर्न र क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशाको सन्देश फैलाउन यो दिवसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।

    क्यान्सर सम्बन्धी चेतनाको अभावका कारण आजको सूचना प्रविधिको युगमा पनि यो रोग गम्भीर समस्या बनिरहेको छ । यसै सन्दर्भमा सर्भाइभर्स दिवसको अवसरमा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले जनचेतनालाई थप व्यापक बनाउने उद्देश्यले यो दिवस मनाएको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार