शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जुनियर प्रतियोगिता जेठ २२ देखि हुने

जुनियर प्रतियोगिता जेठ २२ देखि हुने

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • जुनियर प्रतियोगिता जेठ २२ देखि हुने

    राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद यही जेठ २२ गते देखि २६ गते सम्म काठमाडाैंमा सन्चालन गर्ने भएको छ ।

    बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उदेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।

    विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य रन्जना प्रधानले जानकारी दिएका छन् ।

    प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुने छन । सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन गरिने शर्माले जानकारी दिएका छन् ।

    एथलेटिक्सको ट्याक तर्फ एक सय, दुई सय ४ सय र ८ सय तथा ४ ह १०० मिटर रिले दौड र लङजम्पमा प्रतिष्पर्दा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र /छात्रा सिंगल तथा डवल्सका प्रतिष्पर्दा हुने मीनकुमार शर्माले जानकारी दिएका छन् । यस्तै बास्केटबल छात्र/छात्र ३ ह ३ र रग्वीको छात्र/छात्राका प्रतियोगिता हुने छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार