शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप  लगाएकी  रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

    पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् ।

    उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।   

    रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् ।

    संसद् सचिवालयमा कार्यरत राेशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो ।

    त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार