शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रेबिजविरुद्ध खोप अभाव

रेबिजविरुद्ध खोप अभाव

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • रेबिजविरुद्ध खोप अभाव

    बैतडी जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । उनीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन । उनले भने, “गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ ।”

    जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ । पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । 

    कुनै जनावरले टोकेमा एक जनाले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर खोपको अभावमा त्यस्ता व्यक्तिलाई फर्काउनुपरेको छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । 

    रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो सङक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस सङ्क्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ र भाइरस मानिसमा सर्छ । सङ्क्रमित र्यालले कसैको आँखा, मुख वा खुला घाउबाट सङ्क्रमण हुनसक्ने सम्भावना पनि रहेको हुन्छ । 

    रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्छ । यसबाट अरु मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुनसक्छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार