शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सुर्खेतमा सम्पन्न

बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सुर्खेतमा सम्पन्न

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सुर्खेतमा सम्पन्न

    ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडद्वारा सुर्खेतमा ‘बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम’ सफलता साथ सम्पन्न गरिएको छ । सुर्खेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको विविध पक्षहरूमा केन्द्रित थियो ।

    कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख दिपक पोखरेलले स्वयं उपस्थित भई बीमाको अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायत बीमासम्बन्धी सम्पूर्ण पक्षहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए ।

    कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालाहरूसँग समन्वय र सहकार्यलाई प्रगाढ बनाउनु रहेको थियो। कार्यक्रममा सहभागी संस्थाहरूका प्रतिनिधिहरूले बीमासम्बन्धी आफ्नो अनुभव, जिज्ञासा र सुझावहरू राख्न पाएका थिए, जसले छलफललाई अझ उपयोगी र अन्तरक्रियात्मक बनाएको थियो ।

    सुरखेत शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी योगदान पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार