शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिकाले थप सात नेपालीलाई गर्‍यो निष्काशन

अमेरिकाले थप सात नेपालीलाई गर्‍यो निष्काशन

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • अमेरिकाले थप सात नेपालीलाई गर्‍यो निष्काशन

    अमेरिकाले थप सात नेपालीलाई निष्काशन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसिरहेका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्काशन हुनेमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना छन् ।

    उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ । उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो । निष्काशन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । उनीहरूले नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए । अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। ट्राभल डकुमेन्टबाट एकतर्फी मात्रै यात्रा गर्न सकिन्छ।

    त्यस्तै फर्काइएकामध्ये एक जनाले अवैधरूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जनाले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका थिए । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्काशनमा पर्ने क्रम बढिरहेको छ ।

    केही समयअघि अमेरिकाले चार्टर्ड विमानबाट नै नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको थियो । अवैधरूमा अमेरिका प्रवेश गरी लुकिछिपी बस्ने ती नेपालीहरूलाई अमेरिकाले फर्काएको थियो।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार