शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद परिवारका १४ जना मारिए

भारतको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद परिवारका १४ जना मारिए

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • भारतको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद परिवारका १४ जना मारिए

    अतिवादी संगठन जैश–ए–मोहम्मदले भारतले गए राति पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएको बताएको छ। यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।

    जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ। विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० भारतीय सैनिक मारिएका थिए। बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन्।

    ‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो’, उनले भनिन्।

    पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ। भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार