तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । गृह मन्त्रालयले आइतबार सीडीओ हेरफेर गरेको हो ।
मन्त्रालय मातह गरेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाएको छ । गृहमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पठाइएको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ ।
त्यस्तै, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।त्यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ ।
गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्