शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षक आन्दोलन आज पनि जारी

शिक्षक आन्दोलन आज पनि जारी

बैशाख १६, २०८२ मंगलवार
बैशाख १६, २०८२ मंगलवार
  • शिक्षक आन्दोलन आज पनि जारी

    शिक्षक महासंघले आज मंगलबार पनि आन्दोलनलाई जारी राख्ने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

    बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गए राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुगिनसकेको वार्तामा सहभागीहरु शिक्षक नेताहरुले बताएका छन् । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।

    वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । ‘केही विषय टुंगो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ वार्तापछि उनले भनेका छन् । शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन् । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने जानकारी दिएका छन् ।

    शिक्षा मन्त्रालयमा वार्तापछि सुवेदीले गए राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो, तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौं । हाम्रो आन्दोलन जारी छ ।’ सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् १५ गतेको आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीलाई धन्यवाद दिँदै आजको आन्दोलनमा पनि सहभागी हुन आह्वान गरेका हुन् । ‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔं,’ अध्यक्ष सुवेदीले भनेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार