शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

    नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गए राति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।

    विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्व उपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।


    उनका श्रीमती छिन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

    उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार