शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षक आन्दोलनले बैंकको किस्ता, यातायात मजदुर–व्यवसायीको रोजीरोटी ठप्प भयोः महासंघ

शिक्षक आन्दोलनले बैंकको किस्ता, यातायात मजदुर–व्यवसायीको रोजीरोटी ठप्प भयोः महासंघ

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • शिक्षक आन्दोलनले बैंकको किस्ता, यातायात मजदुर–व्यवसायीको रोजीरोटी ठप्प भयोः महासंघ

    सार्वजनिक यातायात केन्द्रिय महासंघले शिक्षक महासंघको आन्दोलनको कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघले अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

    २० चैतदेखि नेपाल शिक्षक महासंघद्वारा नियमित रूपमा माइतीघर–बबरमहल–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनबाट सडक प्रयोगकर्ता यातायात व्यवसाय सञ्चालनमा १६ दिनदेखिको निरन्तर सडक अवरोधबाट यातायात क्षेत्रमा पर्ने बैंक किस्ता, कर राजश्व, वीमा, कर्मचारी, मजदुरलगायत माथिको आर्थिक हानी नोक्सानी भएको उनीहरूको गुनासो छ ।

    त्यस्तै राजधानीका मुख्य सडक नै आन्दोलनको रणमैदान बनाई रहँदा र विगतका दिनहरूमा जुनसुकै पक्षबाट आन्दोलन हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने गरेको, देशको राजधानीको केन्द्रविन्दुमा हुने यस्ता महिनौँका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा जाने नकारात्मक सन्देश सँगसँगै बाटो प्रयोगकर्ता आम नागरिक सर्वसाधारण र सिंगो यातायात तथा अन्य व्यवसायमा असहज परेको भन्दै महासंघले यसअघि विज्ञप्तिमार्फत अनुरोध गरेको थियो ।

    बन्द हड्ताल, भेला, सभा, जुलुस, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोध जस्ता कार्यले सबै क्षेत्र तथा सर्वसाधरणमा नकारात्मक असरका साथ शान्ति सुरक्षा अमन चयनमा खलबल मच्चाउन प्रेरित गर्ने भएकोले यस्ता गतिविधि नियन्त्रण गरी सर्वसाधारणप्रतिको अमन चयन कायम राख्ने निकाय गृह प्रशासन, जिल्ला प्रशासन कार्यालय, मुख्य निकाय हुँदा जारी शिक्षक आन्दोलनबाट उपत्यकामा चल्ने हजारौँ सार्वजनिक यातायात सञ्चालन माथिको कठिनाई प्रति गम्भीरतापूर्वक लिन विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

    साथै सहज सडक सुचारु गराई यातायात क्षेत्रका व्यवसायी, मजदुर, कर्मचारी तथा आम उपभोक्ताहरूको आक्रोशलाई मध्य नजर गरी यातायात सञ्चालनमा सहजीकरण गराइदिन अपिल गरेको महासंघका महासचिव भरत नेपालले जानकारी गराएका छन् ।

    t(4).jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार