शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

    विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । दुई लाख दश हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । उक्त अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका हुन् ।

    सचिवालयका अनुसार गत जनवरी १ तारिखदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तरमापन कार्यक्रम गरिएका छन् । प्रशस्त किनमेल गर्ने र लामो समयसम्म पर्यटकलाई नगर क्षेत्रमा नै आकर्षित गर्ने उद्देश्यका साथ अतिथि सत्कारलगायत गतिविधि गुणस्तरीय बनाइएको छ । पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार, पर्यटकीय सेवासुविधा वृद्धिमा जोड दिइएको छ ।

    बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट