शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी

वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी

बैशाख १, २०८२ सोमवार
बैशाख १, २०८२ सोमवार
  • वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी

    निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उच्च अदालत, पाटनले सफाइ दिएपछि गिरी आज सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

    वैवाहिक बलात्कार मुद्दामा हिजो आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो ।

    उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए ।

    तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो । उच्चकी सूचना अधिकारी पार्वती हितानका अनुसार पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको हो । सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति बिना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

    undefinedundefined

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार