शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

    आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज (आइतबार) पनि वार्ता हुने भएको छ । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । शनिबारको छलफल पछि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’

    उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए । शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् । ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नु भएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन् ।

    संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । यसमा विश्वासिलो आधार शिक्षकहरूले खोजेका छन् । ‘संसदको शिक्षा समितिको उपसमितिले छिटो काम सकाएर अधिवेशनको पहिलो साता ऐन जारी हुने विश्वासिलो आधार चाहिन्छ,’ उनले भनिन् ।

    यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आगामी बजेटमा शिक्षकका माग सम्बोधन गर्ने सुनिश्चितता जनाउने बताएका थिए । ‘आगामी वर्षको बजेटबाट सम्बोधन हुन्छ । तत्काल आर्थिक वर्ष ०८२÷८३ मा सबै खालको समस्या समापनको वर्ष बनाउने गरी गृहकार्य भइरहेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘ऐन निर्माण प्रक्रियाबाट हुन्छ । शिक्षक पनि राष्ट्रसेवक हो । गुनासो गर्ने ठाउँ नरहने गरी सम्बोधन हुन्छ । सरकार संवेदनशील भएर लागेको छ ।’

    शिक्षा ऐन प्रक्रियाबाट आउने वातावरण बनिसकेको दाबी मन्त्रालयको छ । ‘ऐन प्रक्रियाबाट आउने छ । गम्भीर वातावरण बनेको छ । मन्त्रालयले पनि शिक्षकका माग बोकेर सम्बन्धित अंगसँग परामर्श गरिरहेको छ,’ प्रवक्ता सापकोटाले शिक्षकहरूलाई भने, ‘अब आन्दोलन बिसर्जन गर्नुहोस् ।’ तर महासंघले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म आन्दोलन जारी रहने बताएको छ । ‘आन्दोलन धेरै अगाडि बढेको छ । ऐन जारी हुने सुनिश्चित नभएसम्म जारी रहन्छ,’ पराजुलीले भनिन् । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार