शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा आज आइतबार सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

    त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८७० मा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँमा झरेको छ । गएको शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । 

    त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार