शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । आज (आइतबार) उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो ।

    आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो ।


    त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको छ । घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो । घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।

    गत सोमबार (चैत ११ गते) सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार